काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी बढाउने भएको छ । महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रानी पोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रुपमा निर्माण गरिने बताउनुभयो । रानीपोखरीको मुख्य प्रवेशद्धार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी […]

ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेललाई सहयोग बापतको चेक हस्तान्तरण गर्नुभएको हो । […]

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि कौठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहदैगर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई नभ्याई छ । असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिए पछि किसानहरु दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै […]

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा संक्रमण फेला परेको बताउनुभयो । यससँगै कुल सक्रिय […]

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गर्नुभएको छ । रोल… बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनुभएको […]

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत कुराकानी भएको छ । भेटवार्तामा […]

राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुननिर्माण छिट्टै सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो । यस्तै राष्ट्रपति […]

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्यविधि तयार पारिएको बताउनुभएको छ । कार्यविधि अनुसार विपद व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले […]

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ । मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड […]

काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । ट्राफिक लाइट जडान गरी महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघ संस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा […]

Close Bitnami banner
Bitnami