सूर्यबहादुर केसीको निधनमा शोकमा पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । रोल…
आज बसेको केन्द्रिय कार्यसमितिको आकश्मिक बैठकले प्रतिनिधिसभा सांसद समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको बताउनुभयो । यस्तै १९ गते सबै कार्यालहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार

Tue Nov 3 , 2020
काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो । उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, […]
Close Bitnami banner
Bitnami