लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत

लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औं बैठकले तीनवटा जलविद्युत परियोजनाको लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको लगानी स्वीकृत भएको बताउनुभयो ।

 

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको पावरहाउस देखि ड्यामसाइड सम्मका लागि गठित मुआब्जा अध्ययन समितिको म्याद थप गर्ने निर्णय गरेको पनि भट्टले बताउनुभयो । यस्तै बोर्डको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ ।

 

लगानीकर्तालाई एकलविन्दु सेवा केन्द्रद्धारा सहज र शीघ्र सेवा प्रदान गर्नेगरी स्वचालित बनाउने र नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना गरी उपयोग गर्ने सम्बन्धमा समेत छलफल भएको भट्टले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्युत उत्पादनसँगसँगै विद्युत खपतको आयोजना तयार पार्न समेत बोर्डलाई निर्देशन दिनुभएको पनि भट्टले बताउनुभयो । यसबाहेक बैठकमा बोर्डद्धारा प्रवद्र्धन र सहजिकरण भएका परियोनाहरुको कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिको सम्बन्धमा समेत छलफल भएको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्थतन्त्रलाई गतिशिल बनाउन निजि क्षेत्रको आत्मविश्वास र मनोबल बढाऊन पर्ने

Wed Nov 11 , 2020
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजि क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताउनुभएको हो । उहाँले कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन […]
Close Bitnami banner
Bitnami