नेपाली फुटबल टिम बंगलादेशमा अभ्यास गर्दै 

बंगलादेशको ढकामा रहेको नेपाली राष्ट्रिय फुटल टिमले आज (आइतबार)देखि मैदानमा अभ्यास खेल शुरु गरेको छ ।
काठमाडौंबाट बिहीबार ढाका पुगेको नेपाली टिमले आजदेखि अभ्यास शुरु गरेको हो । नेपाली फुटबल टिम बंगलादेशको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि ंढाका पुगेको हो । नेपाली फुटबल टिम कोभिड १९ संक्रमणको जोखिमका कारण बिहीबार देखि ढाकामा होटल क्वारेन्टाइनमा बसेको थियो । क्वारेन्टाइनमा रहेकै बेला पनि होटलको छतमा दुई दिन सम्म सामान्य अभ्यास गरेको टीमको पीसीआर रिपोर्ट नेगेटीम आएसँगै आजदेखि मैदानमै अभ्यास गर्न अनुमति पाएको हो । यससँगै शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिन २ घण्टा भन्दा बढी अभ्यास गरेको छ । ढाका पुगेपछि पहिलोपटक मैदानमा अभ्यास गराउन पाउनुभएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिएपनि नेपाली टिमले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

 

यस्तै कप्तान किरण चेम्जोङले नेपाल र बंगलादेशको स्तर समान रहेकोले पनि मैत्रीपूर्ण खेलमा तीव्र प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली सक्षम रहेको बताउनुभयो ।

 

नेपाली फुटबल टिमले कात्तिक २८ गते र मंसिर २ गते बंगबन्धु स्टेडियममा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइ नभ्याई

Mon Nov 9 , 2020
दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पाला देखि माटाका अन्य भाँडाहरु बनाउन यतिवेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई छ । तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् । दीपावलीको समय नजिकिदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका […]
Close Bitnami banner
Bitnami