उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार कामलाई सरकारको प्राथमिकता

गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।
उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरिय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्रथमिकताका साथ अगाडी बढाउने बताउनुभयो । गृहमन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडी बढाउने बताउनुभयो । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका लागि कडा कानूनको आवश्यकता रहेको बताउनुभयो । ट्राफिक नियम जानि जानि उलंघन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उहाँले लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने बताउनुभयो । लाइसेन्स वितरण गर्दा थारै लापरवाही भएपनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुन सक्ने चेतावनी उहाँले दिनुभयो ।

गृहमन्त्रालयमा भएको एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गर्नुभएको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूर्यबहादुर केसीको निधनमा शोकमा पार्टीको झण्डा आधा झुकाउने

Tue Nov 3 , 2020
नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । रोल… आज बसेको केन्द्रिय कार्यसमितिको आकश्मिक बैठकले प्रतिनिधिसभा सांसद समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक […]
Close Bitnami banner
Bitnami