सरकारी कार्यालय खुले, कर्मचारी छैनन्

बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ ।
यो वर्षको दशैं विदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुलि काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् । मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबाका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खालि देखिएका छन् । कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ । दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ । यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच फुुटबल खेलाडीलाई कोरोना

Fri Oct 30 , 2020
बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ । मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना […]
Close Bitnami banner
Bitnami