शक्तिपिठहरु कात्तिक १ देखि खुल्ने

कोभिड संक्रमणकोजोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएकाछन् । काठमाडौं उपत्यकामारहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशेदेवि लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् । दशैंको बेला विशेषपूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिरव्यवस्थापकहरु बताउँछन् । मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीलेदशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएकोबताउनुभयो । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्नेप्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताउनुभयो । तर सरकारबाटअहिले सम्म कुनै निर्णय आइनसकेको उहाँले बताउनुभयो । तरपनि स्थानीय भक्तजनहरुकोआग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिनेबताउनुभयो । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमतिभइसकेको उहाँले बताउनुभयो ।

कोभिड १९संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुलका लागिपूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मूख्यशक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्यक्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाईखुल्ला गर्ने निर्णय गरिसकेको छैन् । तर अधिकांश मन्दिरहरु कात्तिक एक गते देखि सिमितरुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्यास सिलिण्डरमा नयाँ धरौटी रकम तोकियो

Wed Oct 14 , 2020
नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताउनुभयो । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुनेपनि उहाँले […]
Close Bitnami banner
Bitnami