पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड थप

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको हो । यससँगै हालसम्म कुल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या १२ हजार ३ सय ३६ रहेको छ भने होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । हालसम्म कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण निको हुनेहरुको संख्या ८८ हजार ४० पुगेको छ । आज देशभर ७७ जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइराखेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ । यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ पीसीआर परीक्षण भएको छ ।

कोभिड १९ को बिरामीको उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड १९ पोजेटिभ देखियो वा लक्षणहरु देखियो भने मात्रै क्वारेन्टाइन अथवा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यसअघि अधिकांश अस्पतालमा एक साता काम गरेपछि अर्को साता आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्दिर तथा शक्तिपीठहरु भक्तजनको लागि खुल्ला नगर्न आग्रह

Fri Oct 16 , 2020
गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताउनुभयो । तर नित्य पूजाआजा भने नियमित रुपमा सूचारु गर्न सकिने […]
Close Bitnami banner
Bitnami