फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आयो

पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । लक डाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लक डाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो । उहाँले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताउनुभयो ।

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतबार १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखियो, थप १० जनाको मृत्यु

Sun Sep 20 , 2020
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ४०, ६० र ६३ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षिया […]
Close Bitnami banner
Bitnami