नेपालमा प्याज उत्पादनको अवस्था

नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्ने देखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति र अर्बौं रुपैयाँको प्याज भारतबाट आयात हुने भएकाले भारतले निर्यात रोक्दा नेपालको बजारमा प्याजको भाउ आकासिने गर्छ । केहीदिन यता नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । जसको मुख्य कारण भारतले निर्यात रोक्नु नै हो ।
वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्याङ्कगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भएपनि आयात रोकिदैमा मूल्यमा तिब्र उतारचढाव आउने स्थिति भने देखिदैन् । उहाले नेपालमा करिब ४ लाख मेट्रिकटन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहेको बताउनुभयो । आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाई छ । तर सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ । जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भएपनि मूल्यमा अत्याधिक वृद्धि हुने स्थिति नरहेको उहाँको भनाई छ ।

नेपालमा खासगरी मौसमी खेतिको रुपमा मंसिर÷पुषमा रोपेर बैशाखमा प्याज उत्पादन हुन्छ । तर साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ । भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ । तरपनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ । किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ । नेपालमा बेमौसमी प्याजको उत्पादन खासै नभएकाले पनि अहिलेको समयमा प्याजको माग भन्दा आपूर्ति कम देखिने गरेको छ । तर पछिल्लो चारपाँच वर्षको तथ्याङ्क हेर्नेहो भने नेपालको उत्पादन प्रत्योक वर्ष बढ्दै गएको आचार्यले बताउनुभयो
नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षृत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा प्याज खेति हुँदै आएको छ । सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरु समेत लागू गरेको छ । आर्थिक वर्ष २०६३÷०६४ देखि आर्थिक वर्ष २०६९÷०७० सम्म तराईका जिल्लाहरुमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो । अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम कर्यान्वयनमा ल्याएको छ ।
नेपालमा उत्पादन बढाउनको लागि बिउको व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखा परेको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यका अनुसार नेपालमा २० हजार ९ सय ८ हेक्टरलाई करिब २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बिउ नेपालमा उत्पादन नहुने भएकाले समस्या भएको बताउनुभयो । नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेति गरिन्छ । भारतबाट प्याजको बिउ ल्याउन पनि भारतले निर्यातमा रोक लगाएको छ । त्यसैले तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रुपमा आउने बिउले धानेको आचार्यले बताउनुभयो ।
नेपालमा प्याज उत्पादका लागि प्रविधिको प्रयोग पनि कम छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले सरकारले पनि किसानसम्म प्रविधि पु¥याउन नसकेको बताउनुभयो । त्यस्तै गहुँ सिजनमा प्याजको सिजनल उत्पादन हुने भएकाले किसानहरु गहुँको सट्टा प्याज खेति गर्न नचाहनु पनि अर्को कारण देखिन्छ । त्यस्तै भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरु प्याज खेतिमा आकर्षित हुन नसकेको पनि आचार्यले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्नपूर्ण केवलकार निर्माणको काम लक डाउनका कारण पछि धकेलियो

Sun Sep 20 , 2020
कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लक डाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट साराङकोट जोड्ने केलकबार निर्माणको काम लम्भिएको छ । बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लक डाउनका कारण पछि धकेलिएको हो । केवलकारबाट मनमोहक […]
Close Bitnami banner
Bitnami