नेपालमा पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मासिहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय बालिका र ६७ वर्षका पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ । बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको उहाँले बताउनुभयो । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ पुगेको छ । हालसम्म पुष्टि भएको संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा काटमाडौं उपत्यकामा २ सय १६ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ६० जना, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ९२ हजार ४ सय १८ पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ७ सय ५ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार १ सय ३५ जना, प्रदेश २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना र सूदुरपस्चिम प्रदेशमा ९ सय २३ जना रहेका छन् । त्यस्तै होम क्वारेन्टाइनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय १६ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ६६ जना, प्रदेश २ मा ३ हजार १ सय ८२, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा १८ जना र सूदुपस्चिम प्रदेशमा २६ जना रहेका छन् । आज देशभर ११ हजार ६ सय ५८ व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ रहेको छ भने आज सम्म संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विदेशबाट आउने अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने

Sun Aug 23 , 2020
विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षण सहित सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । सरकारले दैनिक पाँचसय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले […]
Close Bitnami banner
Bitnami