निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दिर्घकालिन योजना तत्काल ल्याउन सरकारसँग माग

नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दिर्घकालिन योजना तत्काल ल्याउन सरकारसग माग गरेको छ । कांग्रेसको कोरोना अनुगमन समितिले लक डाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालिन र दिर्घकालिन योजना ल्याउन माग गरेको हो । चार महिना लामो लक डाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बनेपनि फेरी निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको कांग्रेसको आरोप छ । बन्दका कारण जनताले दुःख पाएकोले अब संक्रमण न्यूनिकरण गर्दै बन्दको विकल्पमा तत्कालिन र दिर्घकालिन योजना सार्वजनिक गर्न सरकारसँग माग गरिएको कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिका संयोजक प्रकाशशरण महतले बताउनुभयो । सरकारले अब बन्दको अवस्था पनि आउन नदिने र संक्रमण पनि बढ्न नदिने गरी योजना ल्याउनुपर्ने उहाँको भनाई छ ।

संक्रमणको दर बढीरहेको अवस्थामा नीजि क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । नीजि अस्पतालहरुलाई २० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउन सरकारले भनेपनि त्यो व्यवहारिक नभएको उहाँको तर्क छ । त्यसको सट्टा आवश्यक अस्तालहरुलाई कोभिड अस्पतालको रुपमा अगाडी बढाउने योजनाका साथ नीजि अस्पतालहरुसँग समन्वय गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मी लगायतमा संक्रमणको जोखिम बढेकाले उद्धार र उपचारको जिम्मा सरकारले लिनुपर्ने, स्वास्थ्यकर्मीका लागि विमा कार्यक्रम तत्काल लागु गर्नुपर्ने र कोभिड जोखिम भत्ताको यथासिघ्र व्यवस्था गर्नुपर्ने माग कांग्रेसको छ । अहिले अक्सिजन र भेन्टिलेटरको समेत अभाव रहेकाले सरकारले त्यसतर्फपनि ध्यान दिनुपर्ने महतले बताउनुभयो । विदेशमा अफ्ठ्यारोमा रहेका नागरिकहरुका लागि नियमित उडान खोल्नुपर्ने र शैक्षिक वर्ष खेर जान नदिने ग्यारेण्टीका साथ बैकल्पिक उपाय सुनिश्चित गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुरात्वात्तिक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या

Thu Aug 27 , 2020
पुरात्वात्तिक महत्वको सम्पदाहरुको पुर्ननिर्माण र संरक्षणमा अहिलेको खरिद प्रकृयाले समस्या गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । सोमबारबाट सुरु भएको राष्ट्रिय परिसंवादमा प्राधिरकणले प्रस्तुत गरेका सोधपत्रहरुले यस्तो निष्कर्ष निकालेको हो । तीन दिने भर्चुअल परिसंवादमा पुरात्वात्तिक महत्व लगायत विभिन्न ४६ वटा सोधपत्र प्रस्तुत भएका छन । प्रस्तुत सोधपत्रमाथिको छलफलपछि नेपालको […]
Close Bitnami banner
Bitnami