क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित

भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाउनुभएको हो ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो । स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना खोपको नेपालमा क्लिनिकल ट्रायल गर्न प्रस्ताव

Tue Aug 25 , 2020
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड १९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताउनु भएको छ । विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न […]
Close Bitnami banner
Bitnami