आज हरितालिका तीज घरमै महादेवको पूजा आराधना गरी मनाईंदै

आज हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाईंदै छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा विगत वर्षहरु जस्तो उल्लास भने देखिँदैन । कोरोना भाइरस (कोभिड—१९) का कारण उपत्यका लगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा छ भने, विभिन्न मठमन्दिर बन्द छन । जसका कारण यो वर्षको तीज उल्लासमय देखिँदैन । विगतका वर्षहरुमा काठमाडौंको पशुपतिनाथ लगायतका मन्दिरमा महादेवको पूजा आराधाना गर्ने भिड हुने गर्दथ्यो । तर यो वर्ष पशुपतिनाथ सुनसान देखिएको छ । पशुपति मात्रै नभएर सरकारले शिवालयमा नित्य पूजा बाहेक सबै गतिविधि बन्द छन । पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ । कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदैछन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निषेधाज्ञाको दोस्रो दिन पनि उपत्यका सुनसान

Fri Aug 21 , 2020
कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आज दोस्रो दिनपनि उपत्यका सुनसान देखिएको छ । एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन । अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन । खाद्यान्न, तरकारी, फलफुल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन […]
Close Bitnami banner
Bitnami