आज गाईजात्रा पर्व देशका विभिन्न ठाउमा विशेष रुपमा मनाईदै

आज गाईजात्रा पर्व काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा विशेष रुपमा मनाईदै छ । विशेषगरी नेवारी समुदायले मनाउने यो वर्षमा वर्षभरी दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउने चलन छ । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला उपत्यकामा यो वर्ष मनाउनेहरुको भिड देख्न सकिन्छ । गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी गर्ने र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ । तर पछिल्लो समय गाईजात्रालाई देशको राजनीतिक तथा सामाजिक विसंगतिप्रति व्यंग्य प्रहार गर्ने पर्वका रुपमा पनि मनाउने गरेको पाइएको छ । काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

गाईजात्रा पर्व काठमाडौं लगायत ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकमा पनि मनाउने गरीन्छ । यस्तै नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा नहुन आग्रह गरेपनि काठमाडौंको बसन्तपुर लगायतका ठाउँमा भने ठूलो संख्यामा सर्वसाधारणहरु भेला भएको प्रष्टै देख्न सकिन्छ

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको प्रधानमन्त्रीको गुनासो

Tue Aug 4 , 2020
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गर्नुभएको हो । उहाँले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति […]
Close Bitnami banner
Bitnami