आज ऋषि पञ्चमी हिन्दु नारीहरुले सप्त ऋषिको पूजा आराधाना गरी मनाउदै

आज भाद्र शुक्ल पञ्चमी आर्थात ऋषि पञ्चमी नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधाना गरी मनाउँदैछन् । महिलाहरुले विहानै नदी, खोला, तलाउमा पुगेर ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने र गाईको गोबर, माटो र खरानीबाट   स्नान गरी शुद्ध हुने गर्दछन् । त्यसपछि अरन्धतीसहित अत्रि, गौतम, भारद्धाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको छ । रजस्वलाको अवस्थामा छाइछुई भएको भए ऋषि पञ्चमीको दिन पूजा आराधाना गर्दा मुक्ति पाइने धार्मिक विश्वास रहेकाले यस दिन महिलाहरुले विशेष पूजाआराधना गर्दछन । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तरपनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपतयकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् ।

प्रशासनले पनि बिहानै देखि बागमती, मनोहरा, विष्णुमती लगायतका नदीहरुमा स्नानका लागि भीड जम्मा हुन नदिने व्यवस्था मिलाएको छ । तरपनि महिलाहरु नदी र खोला किनारमा पुगेर स्नान गरेका छन् । आजको दिन ऋषिको पूजा आराधना सम्पन्न गरिसकेपछि टुसा उम्रेका अन्न कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्ने पनि प्रचलन रहेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु

Sun Aug 23 , 2020
पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मासिहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय बालिका […]
Close Bitnami banner
Bitnami