सामुदायिक विद्यालयहरुमा इन्टरनेट छिटो उपलब्ध गराउन संसदीय समितिद्धारा सरकारलाई निर्देशन

सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले सबै स्थानीय तह, वडा कार्यालय र सरकारी स्वास्थ्य तथा शिक्षण सँस्थाहरुमा दु्रत गतिको इन्टरनेट पु¥याउन नेपाल सरकार सञ्चार ता सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । साइबर अपराध र सुरक्षाको सम्बन्धमा मन्त्रालय, दुरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल प्रहरी लगायतसँगको छलफल पछि समितिले सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले नेपाल भित्र प्रयोग हुने एप्स तथा समाजिक सञ्जालको प्रयोग नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड तथा प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । समितिले सरकारी कागजपत्र र सूचनाहरुको चुहावट तथा दुरुपयोग हुने गरेको भन्दै आधिकारीक माध्यमबाट मात्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

नेपाल सरकारका सबै निकायका जिम्मेवार पदाधिकारीहरुलाई सूचना प्रविधि सम्बन्धी विद्युतीय सञ्चारका साधनहरुको प्रयोग र यस बारेमा सचेतनाका लागि आवश्यक कानूनको तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै सरकारी वेबसाइट अनिवार्य अडिट गर्न र सरकारी डोमेन नेम निजी क्षेत्रबाट नभई सरकारी निकायबाटै लिने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा सबै सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेटको सुविधा पु¥याउने भनिएको तर अत्यन्त सुस्त गतिमा काम अगाडि बढेकोले छिटो पु¥याउने गरी अगाडि बढाउन निर्देशन दिनुपर्ने बताएका थिए । नेपालमा सञ्चार सम्बन्धमा कुनैपनि प्रविधिको विकास नभएको र बाहिरबाट आयात गरिएको प्रविधिको प्रयोगमा निर्भर हुँदा साइबर अपराध बढेको सांसदहरुले बताए । यस्तै सरकारका डोमेनहरु पनि निजी क्षेत्रबाट लिनुपर्ने अवस्थाले सरकारी सूचनाहरुको चुहावट हुने गरेको भन्दै सरकारी निकायबाटै डोमेन जारी हुने व्यवस्था मिलाउन समेत सांसदहरुले मन्त्रालयलाई सुझाव दिएका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

Sun Jun 28 , 2020
नेपालमा आइतबार कोरोना भाइरस (कोभिड—१९) का ४ सय ६३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. […]
Close Bitnami banner
Bitnami