अर्थमन्त्रीले पेश गरेको राष्ट्रऋण उठाउने विधेयक २०७७ प्रतिनिधिसभाबाट बहुमतले पारित

ऋण तिर्न सक्ने गरी उपयोग हुने ठाउ“मा मात्रै ऋण रकमको उपयोग गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गर्नुभएको राष्ट्रऋण उठाउने विधेयक २०७७ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्रऋण उठाउने गरी सरकारले ल्याएको विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमाथि दफावार छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले जवसम्म कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत भन्दा बढी राजश्व उठ्दैन तबसम्म ऋणमा भरपर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहा“ले सरकारको खर्च नै कुल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनै पर्ने बताउनुभयो ।
उहँले कोरोनाको संक्रमण जोखिमको अवस्थाबाट आर्थिक गतिविधि समान्य अवस्थामा फर्किन नसकेको अवस्थामा सरकारले नै सक्रिय रुपमा बजारलाई चलायमान नबनाउने र आर्थिक क्रियाकलाप नबढाउने हो भने कठिन हुने बताउनुभयो । उहाँले निजी क्षेत्रले धेरै आर्थिक क्रियाकलाप गरी समान्य अवस्था भन्दा माथि पुग्यो भने धेरै राजश्व उठने र अनुमान गरेजति ऋण उठाउनु नपर्ने बताउनुभयो । उहाले आन्तरिक ऋणलाई पहिलोपटक कुन क्षेत्रमा खर्चगर्ने स्पस्ट गरेर मात्र उठाउने गरी व्यवस्था गरिएको बताउनुभयो ।
अन्तरिक ऋण उठाएको रकम फजुल खर्च वा अनावस्यक खर्चमा विनियोजन भए प्रश्न उठाउन आग्रह गर्नुभयो । ऋण तिर्न सक्ने गरी उपयोग हुने ठाउमा मात्रै ऋण रकमको उपयोग गर्ने प्रतिवद्धता अर्थमन्त्री खतिवडाले जनाउनुभयो ।
छलफलमा सांसदहरुले देशको सञ्चालन खर्च समेत ऋण उठाएर गर्न नहुने भन्दै संशोधनको प्रस्ताव राखेका थिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । सांसदहरुले सरकारले लिने ऋण कोभिडबाट असर परेको अर्थतन्त्र र कृषि उत्पादन बढाउने आयोजनामा मात्रै खर्च गर्नुपर्नेमा जोड दिएका छन् । ऋणको दुरुपयोग भएकाले उत्पादन नबढेको भन्दै सांसदहरुले ऋणको व्यवस्थापनमा सरकार अनुसाशित भएर काम गर्नुपर्ने बताए ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

Sun Jun 14 , 2020
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । […]
Close Bitnami banner
Bitnami