अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भिर संकट देखा पर्ने खतरा रहेको सांसदहरुको भनाइ

सांसदहरुले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भिर संकट देखा पर्ने खतरा रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहरुले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भिर अवस्थामा धकेल्दै लगेको बताएका हुन् । यस्तै कुनैपनि समय भारतले आपूर्ति बन्द गरेमा देशभित्रको आपूर्ति चेन विग्रन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने टिप्पणि गरेका छन् ।
पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भारतसग सम्बन्ध विग्रदै जाने र भारतले आपूर्ति नगरेमा देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने र समग्र आपूर्ति चेन नै विग्रन सक्ने खतरा रहेको बताउनुभयो । उहाले देश भित्रै उत्पादन भएको खाद्य वस्तुको आपूर्तिलाई सहजिकरण गर्न समेत सरकार असफल बनेको टिप्पणि गर्नुभयो । उहाँले कोभिडका कारण परेको असरलाई कमगर्न रोजगारी र अर्थतन्त्रलाई जोगाउने विषयमा अर्थसमितिले गम्भिर छलफल गर्नुपर्ने बताउनुभयो ।

सांसद रामकुमारी झाक्रीले सरकारले मन्त्रालयहरुको संख्या बढी राखेर खर्च बढाइराखेको बताउनुभयो । उहाले खानेपानीका कार्यक्रमहरु सहरी विकास मन्त्रालयको एउटा अंग मात्रै भएको र स्थानीय तहको कार्यक्षेत्र पर्ने भएकाले उक्त मन्त्रालय काम नलाग्ने बताउनुभयो । यस्तै बजेट विनियोजनमा पनि सरकारले सांसदहरुलाई ब्यल्याक मेलिङ गरेको बताउनुभयो ।
उहा“ले मन्त्रालयहरुले बजेटमा विरोध अुन नदिन सांसदहरुको माग अनुसार सानो सानो आयोजनालाई समावेस गरेर बजेट विनियोजन गरिएको टिप्पणि गर्नुभयो । यस्तै सरकारले नै करदातालाई अदालतसम्म पुग्ने अवस्था सिर्जना गरेकाले कर उठने वातावरण समेत विग्रिएको उहाँले बताउनुभयो । कर नउठने भएपछि सरकारको खर्च र आम्दानीबीच असन्तुलन देखा परेको सांसद झाक्रीले बताउनुभयो ।

सांसद श्यामकुमार श्रेष्ठले देशभित्र रहेको सबै रुप र रङको पूँजीलाई राजश्वको दायरामा ल्याएर सार्वजनिक गर्नदिनुपर्ने बताउनुभयो । उहाले काठमाडौंमा रहेका घरहरुको डाटा राख्ने र कर उठाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद जयकुमार राईले अहिले सम्म अर्थसमितिले दिएका कुनैपनि निर्देशनहरु सरकारले पालना नगरेकोले अवदेखि थप बलियो बन्दै सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनुभयो ।
उहाले अर्थसमितिका छलफलका विषयवस्तुमा विस्तृत छलफल गरी सरकारलाई कार्यान्वयन गर्न दवाव दिनुपर्ने बताउनुभयो । सांसदहरुले सरकारको खर्च उच्च हुने र आम्दानी कम हुने हुँदा अर्थतन्त्रमा दिर्घकालिन असर पर्नेतर्फ अहिले नै ध्यानदिनुपर्नेमा जोड दिएका छन् । सांसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको मासिक खर्च ४० अर्ब र आम्दानी १५ अर्ब रहेको बताइसकेकाले यहि अवस्था लामो समय रहे अर्थतन्त्रमा थप चुनौति देखापर्ने बताएका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतसँग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको टिप्पणि

Wed Jun 17 , 2020
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतस“ग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने टिप्पणि गर्नुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले भारतीय रुपैया र नेपाली रुपैयाको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताउनुभयो । […]
Close Bitnami banner
Bitnami