सरकार सफल भएको राष्ट्रपतिको दाबी

नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा राष्ट्रपति भण्डारीले सरकारका लक्ष्य र प्रतिवद्धताहरु कार्यान्वयन हुदै गएको पनि दाबी गर्नुभयो । उहँले सरकारले बन्दाबन्दीको अवस्थामा सहज आपुर्ति हुने गरि व्यवस्था मिलाएको, कोभिड १९ ले निम्त्याएका अन्य कारणले रोजगारी गुमाएकाहरुलाई लक्षित गरि स्थानीय तहमा राहत उपलब्ध गराईएको बताउनुभयो । त्यसैगरी शान्ति सुरक्षा कायम हुनुको साथै भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने गरि कारवाही प्रक्रियालाई अघि बढाईएको बताउनुभयो ।
कारोना भाइरसको प्रभावका कारण सरकारको विकासको आकांक्षामा धक्का पुगेको उल्लेख गर्दे उहाँले स्वास्थ्य, शिक्षा रोगजारी र आर्थिक पुनरुत्थान नै सरकारको आगामी कार्यदिशा रहेको बताउनुभयो । उहँले सम्मृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न माहामारीका कारण समग्र सामाजिक आर्थिक पक्षमा परेको प्रतिकुलता समेत लाई सम्बोधन गर्दे नेपाल सरकारले रणनीतिक आधार र पक्षहरुलाई ध्यानमा राखि नीति तथा कार्यक्रम तर्जुमा गरेको स्पष्ट पार्नुभयो ।
विश्व अर्थतन्त्रको संरचना परिर्वतन हुन सक्ने,मुलुकहरुको आयमा कमि आउन सक्ने , मित्र राष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको क्षमता, प्राथमिकता र क्षेत्र फरक हुन सक्ने अवस्था भएकाले अधिकतम आन्तरिक श्रोत परिचालन गर्ने गरिने उहाँले उल्लेख गर्नुभयो । उहाले फजुल खर्च रोक्ने , वित्तिय अनुशासन कायम गर्ने , अन्तराष्ट्रिय श्रम बजार संकुचित भई रोजगारीका अवसर गुम्ने संभावनालाई मध्यनजर गरि सरकारको आफ्ना कार्यक्रम तर्जुमा गर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरस महामारी मुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा

Sun May 17 , 2020
सरकारले देशलाई कोरोना भाइरस महामारी मुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०७७ ७८ का लागि सरकारको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै सरकारले मुलुकलाई कोरोना माहामारीबाट मुक्त राख्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको हो । त्यसका लागि सरकारले […]
Close Bitnami banner
Bitnami