स्वास्थ्य मन्त्रालयलाई ज्योति समुहको ब्याकप्याक स्प्रे सहयोग

ज्योति समुहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान व्याकप्याक स्प्रे सहयोग गरेको छ ।

ज्योति समुहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान व्याकप्याक स्प्रे सहयोग गरेको छ ।

विभिन्न ठाउँबाट हुन सक्ने संक्रमणबाट रोक्नका लागि व्याकप्याक स्प्रेको प्रयोग उपयोगि हुने भएकाले होण्डाको व्याकप्याक स्प्रे १० थान उपलब्ध गराएको ज्योति समुहका निर्देशक सौरभ ज्योतिले बताउनुभयो । स्याकर ट्रेडिङका अध्यक्ष समेत रहनुभएका ज्योतिले व्याकप्याक भित्र सोडियम हाइपोक्लोराइड राखेर घर, कार्यालय, विद्यालय लगायत मानिसको आवतजावत हुने सबै ठाउँहरुलाई संक्रमण शुन्य बनाउन सकिने बताउनुभयो । उहाँले निजी क्षेत्र पनि सरकार सँगै छ भन्ने भावना सहित सहयोग गरेको बताउनुभयो ।

स्प्रे गनको सहायताले किटनासक औषधि राखेर छर्कन समेत उपयोगि हुने उहाँले बताउनुभयो । स्याकर ट्रेडिङले यसअघि कोरोना भाइरसको विषयमा सचेतना फैलाउन नेपाल मेडिकल एसोसिएसनसँग मिलेर कोरोना हेल्पलाइन सेन्टरको सञ्चालन गरिरहेको छ । यो सेन्टरबाट कुनैपनि व्यक्तिले आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन सकिने छ । यस्तै कुनैपनि बिरामीलाई डाक्टरसँग जोडने र हेल्पलाइन मार्फत उपचार र स्वास्थ्य सम्बन्धी सल्लाह लिन सकिने उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड–१९ को कारण राष्ट्र बैंकमाथि चुनौति थपिएको छ : गभर्रनर अधिकारी

Tue Apr 7 , 2020
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को कारण राष्ट्र बैंकमाथि चुनौति थपिएको बताउनुभएको छ । मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त गभर्नर अधिकारीले कोभिड–१९ को असर अर्थतन्त्रमा पर्ने र त्यसको प्रतक्ष चुनौति राष्ट्र बैंक माथि हुने बताउनुभएको छ । उहाँले वित्तीय क्षेत्रलाई खराब अवस्थमा जान नदिन […]
Close Bitnami banner
Bitnami