कोरोना संक्रमणको जोखिम बढेपछि सरकारद्वारा तेस्रो पटक लक डाउनको समय थप

मन्त्रिपरिषद् बैठकले बैशाख ३ गतेसम्म लडक डाउनको समय थप गर्ने निर्णय

कोरोना संक्रमण (कोभिड—१९) संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले तेस्रो पटक लक डाउनको समय थप गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ३ गतेसम्म लडक डाउनको समय थप गर्ने निर्णय गरेको हो । सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक स्थानीय तहबाट अर्को स्थानीय तह, जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाउने घोषणा यसअघि नै गरिसकेको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । १ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । यसअघि आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले समय थप गर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी १८ गतेसम्म लक डाउन गरेको थियो । नेपालमा कोरनो संक्रमितको संख्या बढ्दै गएपछि सरकारले दोस्रो पटक चैत २५ गतेसम्म लक डाउनको समय थपेको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना रोकथाम तथा नियन्त्रणका लागी मन्त्रीहरुलाई थप जिम्मेवारी

Mon Apr 6 , 2020
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरुलाई थप जिम्मेवारी दिएको छ । सरकारका प्रवक्ता रहनुभएका अर्थ÷सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली […]
Close Bitnami banner
Bitnami