भारत मंगलबार राति १२ बजेदेखि २१ दिनको लागि पुरै बन्द

भारत सरकारले मंगलबार राति १२ बजेदेखि २१ दिनको लागि पुरै देश बन्द गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै पुरै देशमा लकडाउनको घोषणा गरेका हुन् ।

उनको घोषणाबाट भारतमा बस्नै सबैलाई घरबाट बाहिर निस्कन पूरा प्रतिबन्ध लगाइएको छ । लक डाउन गर्ने निर्णय स्वास्थ्य विज्ञहरु र अन्य मुलुकको अनुभवलाई हेरेर लिइएको समेत मोदीले सम्बोधनको क्रममा उल्लेख गरेका छन् । यो बन्द जनता कर्फ्युभन्दा कडा रुपमा लागू हुने समेत मोदीले सम्बोधनमा जनाएका छ्न । लकडाउनको समयमा अत्यावश्यक बस्तुको आपूर्ति भने सुचारु रहने उनले उल्लेख गरेका छन ्।
लकडाउनको निर्णयले मुलुकले ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने भए पनि प्रत्येक भारतीय जीवन बचाउनु महत्वपूणर्ण भएको भन्दै मोदीले त्यस्तो निर्णय लिन परेको समेत जनाएका छन्।

अहिलेको घडी अनुशासनको घडी भएको उल्लेख गर्दै मोदीले सबैलाई अनुशाशित भएर लक डाउन तोकेको समयमा सबैलाई जहा छ त्यही बस्न आग्रह गरेका छन् । यदि तीन सातामा पनि नियन्त्रण नभए एक्काइस वर्ष पछाडि धकेलिने र सबै परिवारले ठूलो मूल्य चुकाउनुपर्ने तर्क मोदीले सम्बोधनमा गरेका छन् । मोदीले अन्य प्रदेशहरुलाई पनि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि निर्देशन दिएका छन् ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउनमा सरकारका थप १२ निर्णय - आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गरीने

Thu Mar 26 , 2020
उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले  ढुवानी गर्ने सवारी साधन सुचारू गर्ने भएकाे छ । बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने […]
Close Bitnami banner
Bitnami