पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने

सरकारले पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ । पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताउनुभएको हो । उहाँले त्यसका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको समेत बताउनुभयो । उहाँले नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले मानव सभ्यता सम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरी अनुसन्धान पुरा नहुने भएकाले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताउनुभयो । उहाँले भूकम्पबाट ३१ जिल्लामा ९ सय २० सम्पदा क्षति भएकोमा ४ सय वटाको पुननिर्माण सम्पन्न भएको र १ सय ५० वटाको यसै आर्थिक वर्षमा सम्पन्न हुने र बाँकीको अवको २ वर्ष भित्रमा निर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने बताउनुभयो । त्यसका लागि उपत्यकाका सात वटै विश्व सम्पदा सुचिमा रहेका स्थलहरुलाई साइकल लेनले जोडिने समेत बताउनुभयो । त्यस्तै पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई राति समेत भ्रमण र अवलोकन गर्न सकिने गरी ‘भ्याली वाइ नाइट’को काम भइरहेको समेत जानकारी दिनुभयो । उहाँले पुरातात्विक क्षेत्रमा रहेका मानव वस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका कामहरु गर्ने योजना रहेको समेत बताउनुभयो । त्यस्तै नेपालका कतिपय सम्पदाको अरु मुलुकले नक्कल गरेर गलत प्रचार गरेको उल्लेख गर्दै नेपालका पुरातात्विक सम्पदाको संरक्षण र प्रचार प्रसारमा सरकारले ध्यान दिएको बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो भन्ने ज्ञान नभएको भन्दै सीजीको ध्यानाकर्षण

Mon Feb 10 , 2020
दुरसञ्चार प्रदायक कम्पनी सीजी कम्युनिकेसन्स प्रा.ली.ले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई २० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो भन्ने ज्ञान नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । गत बिहीबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले २० अर्ब रुपैयाँ तिरे सीजीलाई युनिफाइड […]
Close Bitnami banner
Bitnami